शुक्रबार , चैत्र १६, २०८०

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले माधव कुमार नेपालहरु एमालेमा आउनुको विकल्प नभएको बताएका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमालेको एकताले नै मुलुकको हित हुने दाबी गरे । यही असार १८ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा नेता नेपालसहितका नेताहरुपनि आउने उनको विश्वास थियो । प्रस्तुत छ बडालसँग गरिएको कुराकानीको सम्पादित अंश:

हिजोको स्थायी कमिटीको बैठकको निर्णय के हो ? बताउनुहोस् त ?

हिजोको निर्णय भनेको आज आयोजक कमिटीको बैठक बस्छ । त्यसले पर्सी १८ गते बस्ने २०७५ जेठ २ गते अघिको जुन केन्द्रीय कमिटी छ, त्यसलाई रिभाईभ गर्छ । र, बाँकी निर्णयहरु गर्छ । सबैलाई आमन्त्रण गर्छ । अस्ति कारवाहीमा परेका साथीहरु नौ जना हुनुहुन्छ । उहाँहरुको बारेमा आयोजक कमिटीले मात्रै कुरा गरेर मिल्दैन् ।

त्यसैले गर्दा आयोजक कमिटीको आजको बैठक अब फेरि हाम्रो पुराना केन्द्रीय कमिटीका मान्छे पुरानो त उहाँहरु नै हो । कोही नयाँ थपघट केही छैन । २३ जना कमरेडहरु थपिनु भएकोबाहेक अरु केही छैनन् । २४१ जना जुन २०७५ जेठको ३ गते एकता हुनुभन्दा पूर्व जे थियो त्यो यथावतै छ । २३ जना साथीहरु थपिनुभएको छ ।

अब २३ जनाको बारेमा के हुन्छ त ?

केन्द्रीय कमिटीको बैठकमा उहाँहरु सामेल हुनुहन्छ । आयोजक कमिटीमा आजपनि सामेल हुनुहुन्छ । यो परिस्थितिलाई सबै साथिहरुले बुझिहाल्नु हुन्छ । यसमा कुनै अन्यथा भएन किनभने फागुन २३ गते अदालतले एउटा निर्णय गरिसकेको छ । उहाँहरुले हामी एमाले हौँ हामी माओबादी केन्द्रमा फर्केर जाँदैनौँ भनिसकेपछि, अब सबै तरिकाले पद आदि÷ईत्यादि सबै त्यागेर आउनुभएका साथीहरुलाई अन्यथा ढंगले सोच्ने त कुरा नै सक्दैनौँ भनेर आउने साथीहरुलाई अन्यथा कसैले केही पनि सोच्नै सक्दैन् ।

माधवकुमार नेपालको भनाई छ–‘एमाले व्युँतिएपछि एमालेको मात्रै बैठक बस्नपर्छ ।’ अब तपाईँहरु के गर्नुहुन्छ त ?

उहाँले भन्नुभएको मात्रै सबै कुरा पनि हुँदैन् । तपाईँ/हामीले भनेको कुरा पनि सबै नहुन सक्ला । उहाँले त अब धेरै कुराहरु भन्नुभएको छ । माईतीघर मण्डलामा बसेर के–के निर्णय भैराखेका हुन त्यतातिर नजाऔं । अहिले पोजेटिभ कुरा भईराखेको बेलामा पोजेटिभ भएर जाऔं । उहाहरुले त्यसलाई अन्यथा ढंगले लिनुहुँदैन, लिनुहुन्न ।

उहाँहरुले मान्नुभएन भने के गर्ने ?

नमान्ने भन्ने प्रश्ननै आउँदैन् नि त ?

उहाँहरुको तर्क छ कि अहिले हामी माओवादी केन्द्रबाट आएकाहरुलाई केन्द्रीय सदस्य मानेर जान सक्दैनौँ भन्ने ? अब के हुन्छ त ?

होईन , त्यो त सम्भव नै हुन्छ । त्यो विषयमा त स्वीकार्य हुने केन्द्रीय कमिटीले निर्णय गर्ने हो नि त । केन्द्रीय कमिटीले नै हुँदैन भन्ने निर्णय गर्यो भनेदेखि त मलाई त्यस्तो लाग्दैन् । ७५ प्रतिशत केन्द्रीय कमिटीका साथीहरु सबै तयार हुनुहुन्छ । त्यसैले गर्दा उहाँका आफ्ना कुराहरु हुन सक्छन् । उहाँहरु आउनुभयो भने यो न्यायको बारेमा पनि त हेर्नुपर्यो नि त ।

सबैले यो पार्टीलाई जोगाउनको निम्ति र पार्टीलाई यो ठाउँमा ल्याएर आउनको निम्ति उहाँहरुले जुन अप्ठ्यारा दिनहरुमा योगदान गरिसक्नुभएको छ । अहिले तपाईँहरु त होईन है हाम्रोमा भन्ने यो खालको कुरा पनि त कँही हुन्छ र भन्या ? हुँदैन नि त ।

तपाईँले जुन आज दशौं राष्ट्रिय महाअधिवेशन समितिको बैठक बोलाउनुभएको छ, त्यसको त औचित्य नै छैन भनेर माधवकुमार नेपालले भन्नुभएको छ त ?

उहाँहरुले के भन्नुहुन्छ, त्यतातिर नजाऔं । त्यो कुरा दोहार्याएर किन भन्नु ? उहाँहरुले त आफनो पार्टीको अध्यक्षलाई समाप्त गरेर प्रतिपक्ष पार्टीलाई बलियो बनाउनको निम्ति न्वारानदेखिको बल नै लगाउनुभयो त, विगतमा त्यो कुरा भयो, अब त्यसलाई नकोट्याउँ । त्यहाँनेर विगतका सबै कुराको क–कसले के/के भन्नुभयो ? के/के गर्नुभयो त्यतातिर जाने हो भने समस्या हुन्छ ।

त्यसैले गर्दा उहाँहरुलाई तपाईँको मिडियामार्फत के भन्छु भने–पार्टी र राष्ट्रको हितको निम्ति, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, लोकतन्त्र र समृद्ध नेपाल र सुखी नेपालीको लागि, खासगरी विकासको निम्ति उहाँले विगतमा जेसुकै कमिकमजोरी गर्नुभएको भएपनि उहाँहरुलाई हामी स्वागत गर्न तयार छौँ । र, उहाँहरु आउनुपर्छ । पार्टीको हितको निम्ति, पार्टीको भलाईको निम्ति उहाँहरुले अठोट गर्नुपर्दछ । त्यो राष्ट्र र जनताको हितमा छ ।

तपाईँले आफुलाई देशको पक्षमा उभ्याईरहँदा माधवकुमार नेपाल पक्षको भनाई के छ भने–प्रधानमन्त्रीले संसद् विघटन गरेर महाभूल गर्नुभएको छ, त्यसमा उहाँले माफी माग्नुपर्छ, अनिमात्रै कुरा मिल्छ ? के यो सम्भव छ त ?

संसद् विघटन गर्ने वातावरण त उहाँहरुले नै बनाएको हो । त्यसमा तपाईँले घाउ कोट्याएको कोट्याई गर्नुहुन्छ । यो त के छ भने २०७६ कार्तिक पहिलो हप्ता जुन पार्टीको विरुद्धमा षड्यन्त्र गर्ने सचिवालयका पाँच जना सदस्यले जुन सल्लाह गर्नुभयो, हो त्यो त्यहीँबाट सुरुवात भयो ।

त्यसपछि २०७७ अषाढ १६ गते अध्यक्ष पदबाट हट्नुपर्छ भन्ने जुन बखेडा निकाल्नुभयो, सचिवालयका पाँच जनाले यो सम्र्पुण परिस्थितिको विधिवत सिर्जना त्यहाँबाट भयो । त्यहाँ त म आँफै उपस्थित् छु, स्थायी समितिको बैठकमा के ढंगले उहाँहरुले त्यो विचार व्यक्त गर्नुभयो ? यी सम्पुर्ण विघटन पुष ५ गतेको भन्नुहोस् अहिलेको भन्नुहोस्, यो घटनाको सिर्जनाकार उहाँहरु तत्कात्लिन सचिवालयका पाँच जना साथीहरु हुनुहुन्छ ।

त्यसमा म माधवमात्रै म भन्दिन्, माधवजी पनि हो । झलनाथजी पनि हो । वामदेवजी पनि हो । नाराणकाजिजी पनि हो । अहिलेको जुन अप्ठ्यरो परिस्थति सिर्जना भएको छ, यसको जग भनेको २०७७ अषाढ १६ गते केन्द्रीय कमिटीको बैठकमा उहाँहरुले जुन ढंगले प्रस्तुत हुनुभयो, त्यो हो । त्यसपछि अझै थप बिग्रेको भनेको २०७७ कार्तिक २८ गते १९ पेजको अभियोगपत्र जुन अत्यन्त फर्जी थियो । हुँदै नभएको झुट राख्नुभयो । त्यसमा उहाँहरुको सहमति भयो । अर्को मुख्य समस्या हो ।

यो त संसद् विघटन भनेको संगोलको आधामात्रै हो । उहाँले त्यो गरेको हुनाले परिस्थितिको बाध्यता हो । अहिले म यो घाउतिर नजान चाहेको हो, तर तपाईँले किन कोट्याउनुभयो ? त्यसैले गर्दा अहिले म तपाईँलाई के अनुरोध गर्छु भने–माधव नेपाल र म ३८ बर्ष एउटै कमिटीमा संगै बसेर काम गरेको भएतापनि कमिकमजोरी भएपनि उहाँ अलि सेन्टीमेन्टल हुनुहुन्छ । त्यो सेन्टीमेन्टले अगाडि बढिँदैन् ।

नेकपा एमाले कमजोर बनाएर, नेकपा एमालेलाई बिस्थापन गरेर अर्को कुनै पनि बाटोबाट राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता, सावभौमिकता, लोकतन्त्र र समृद्ध नेपाल अनि सुखी नेपालीको लक्ष्य पूरा हुँदैन् । त्यसैले गर्दा विगतमा जे गर्नुभयो, त्यसलाई हामी क्षमा दिन तयार छौँ । शर्तमा छपक्क आउने पार्टीको निर्णयानुसार अगाडि बढ्ने?

त्यसोभए माधवकुमार नेपाल भोलिको बैठकमा आउनुहुन्छ अब ? सम्भावना छ ?

हामीले आमन्त्रण गरेका छौँ । आजको बैठकले विधिवत निर्णय गर्छ । उहाँहरु आउनुहुन्छ । मलाई विश्वास छ, उहाँहरु भोलिको बैठकमा आउनुहुन्छ र आउनुपर्छ । किनभने नआउने कुराले न पार्टीको हित हुन्छ, न उहाँको हित हुन्छ । न देशको नै हित हुन्छ, न जनताको हित हुन्छ । समृद्ध नेपाल सुखी नेपाली बनाउनको निम्ति नेकपा एमाले बलियो हुनुपर्छ ।

त्यसको निम्ति उहाँहरुले अन्यथा बाटो त्यागेर एमालेमा आउनुपर्छ । यसलाई विभाजित गर्न हुँदैन् । नेकपा एमालेमा सामेल भएर यसमा रहेर अगाडि बढ्नुपर्छ । नेकपा एमालेलाई अगाडि बढाउनको निम्ति अरु सबै त्यागेर आउनुपर्छ । यसैले हित हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय