शुक्रबार , बैसाख ७, २०८१

मोरङ – लगातारको वर्षाका कारण विराटनगरका धेरै ठाउँ जलमग्न भएको छ । कतिपय ठाउँहरु डुबानमासमेत पर्न थालेका छन् । विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरुमा पानीको सतह बढेपछि डुबानमा परेका छन् भने बजार क्षेत्रमा पानी जमेको छ ।

वर्षाका कारण कोशी अञ्चल अस्पताल डुबेको छ । रोडको पानी अस्पताल भित्र पस्दा औषधि पसलसहित प्रशासनिक भवनमा समेत पानी पसेको छ । त्यस्तै इमरजेन्सी कक्षमासमेत पानी पस्ने अवस्था आएको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो ।

केहीबेर पानी पर्यो भने इमरजेन्सी तथा प्रशासनिक भवनको कार्यकक्षमा नै पानी छिर्ने उहाँले बताउनुभयो । ढलको निकास नगरी सडक अग्लो बनाइएकाले अस्पताल भित्र पानी पसेको हो ।

‘उपचारका लागि आएका बिरामी तथा अस्पतालका कर्मचारी जुत्ता खालेर अस्पताल भित्र पस्नु पर्ने अवस्था छ, डा. पोखरेलले भन्नुभयो ‘विराटनगर महानगरपालिकाले कुनै चासो दिएको छैन ।’

विराटनगरका तीन दिनदेखि लगातार वर्षा भैरहेको छ ।

Source : ujyaaloonline.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय