बिहिबार , चैत्र १५, २०८०

सन्तोष पौड्याल , फलेबास नगरपालिका ०१ कार्किनेटा पर्वत।

अचेल प्राय युवा पुस्ताहरुको मनमा एउटै प्रश्न उब्जिरहेको देखिन्छ कि, राजनिती भनेको के हो ? आखिर किन र के का लागि गरिन्छ राजनिति ? हाम्रो देशको बर्तमान साथै बितेको राजनितीक इतिहास हेर्ने हो भने ब्यापक राजनीतिक परिर्बतन बाहेक अन्य आर्थिक तथा सामाजिक बिकास राजनैतिक परिर्बतनको स्पिडमा अत्यन्तै चिन्ताजनक एबम दयनिय छ।

उसो त त्यही भएर नै होला न्यायप्रेमी अनी देशप्रती अलिग चिन्तनसिल प्राय युवापुस्ताहरुको मनमा प्रश्न उठ्नु स्वभाबिक नै हौ।

सर्बप्रथम राजनिती भनेको त्याग,समर्पण, अनि परिर्बतनको महायज्ञ हो। सम्पुर्ण शक्ति जनताको हित अनुरुप सेबा गर्नु नै राजनिति हो। तर यँहा यसको ठिक बिपरित भइरहेको देखिन्छ। कयौ देशहरुमा राजनिति स्थिरता कायम गरेर मात्र बिकासको यात्रा तय गरी सफल भएका ज्वलन्त इतिहासहरु पाउन सकिन्छ।

हाम्रो देश अर्थात नेपालको बिकसीत राजनितिक घटनाक्रम लाइ अध्ययन गर्ने हो भने पनी नेपालको इतिहासमा संघर्षबाट सत्ता अनी शक्तीमा पुगेका राजनितीक दलहरुको क्रियाकलापले स्पष्ट हुन्छ कि, यिनीहरु देश अनी जनताका लागि त्याग गरेका छन कि, आफनो निहित स्वार्थ परिपुर्तिका लागी ?

दशकौको इतिहास लाइ सामान्य रुपमा हेर्ने हो भने पनि दाबाका साथ भन्न सकिन्छ कि यो देशमा राजनितीक परिबर्तन बाहेक आर्थिक, सामाजिक तथा सास्कृतिक बिकासमा आश गर्न लायक अनुरुपको प्रगति पटक्कै पाउन सकिएको छैन। यसरी बिकास नहुनुको पिछाडी राजनितिक दलको एक थरी घोषणापत्र, अर्को थरी काम गर्ने तरिका अर्थात नीति संग नियत नमिल्नुले अचेल देशप्रेमी जनता अनि भाबी राजनिती हाक्न मन,मस्तिष्कले लागि परेका युबाहरुको मनभरी निराशाका चक्रब्यु रोपिएको छ।

दशकौदेखि ज्वरो गाडेको राजतन्त्र समाप्त गरी सर्बाङ्गीण परिबर्तनको छलाङ्ग मार्ने अठोट र साहासका साथ नेपाली जनताले राज्यब्यबस्था उल्टाइ लोकतान्त्रिक गणतन्त्र सहितको राज्यब्यबस्था अथवा शासन ब्यबस्थालाइ अवलम्वन गरे।

दशकौ देखिको सपना जनता द््र्रारा निर्बाचित जनप्रतिनिधी मार्फत संबिधान निमार्ण जस्तो ठुलै राजनितीक उपलब्धि भयो। संबिधान निमार्ण पश्चाप जनताले यो सोचिरहेका थिए कि अब नेपालमा शान्ती सहितको सुशासन अनि स्थिरता अनुभुति गर्न र नौ नौ महिने सरकारको कार्यसम्पादन प्रति वाक्कदिक्क भएका नेपालीहरु तत्कालिन एमाले र तत्कालिन माओवादी बिच एकिकरण पछी परिबर्तनको ब्यापक आस थियो।

सरकार ५ बर्षको लागी चलाउन दुइ तिहाइको हाराहारीमा मत प्राप्त नेकपा अथबा ओली सरकार बनेको २ बर्ष नबित्दै नेकपा भित्रको एक गुटमार्फत शक्ति संघर्षको बिउ बिजारोपण गरियो।

आर्थिक, सामाजिक तथा राजनितिक क्षेत्रलाइ जोडेर सुखि नेपाली,सम्बृद्ध नेपालको नारालाइ मुर्त रुप दिदै बिकासको यात्रा तय गर्नुभएका प्रधानमन्त्री केपि शर्मा ओलीलाइ गिराउन अथबा प्रधानमन्त्री पदबाट संसदिय ब्यबस्था बिपरित, पाटीको बिधि र बिधान बिपरित हटाउन अनेकौ प्रकाण्डाहरु रचिए,पाटीका केहि नेताको स्वार्थका कारण सरकारलाइ काम गर्नै नदिने अबस्था सिर्जना गरेपछी प्रधानमन्त्रीले नया जनमतको मिति सार्बजनिक गर्दै संसद बिघटनको निर्णयमा पुग्नुभयो। देशको हितमा या अहितमा बिघटनको निर्णय लिनुभयो अहिले नै मुल्याङ्गकन गर्नु भन्दा नि पछिका घटनाक्रमले मुल्याङ्गकन गर्ला, जुन अहिले साबित हुदै छ। बिघटनको निर्णय सर्बोच्चले उल्टाइदियो, पाटी पुर्ववत अबस्थामा गयो। सर्बोच्चको निर्णय जे जस्तो आएतापनी न्यायलय प्रति सम्मान छ। सर्बोच्चको निर्णय प्रति टिकाटिप्पढी गर्न चाहान्न।

सर्बोच्चको निर्णयले पुर्ववत एमाले बिउतिएपछी नबौ महाधिवेशन बाट निर्बाचित पाटी प्रमुखको निर्णय बिपरित, नबौ महाधिवेशन बाट पारित बिधि,बिधान, अनुशासन बिपरीत एक झुन्ड अवसरबादी शक्ति सँगको साँठगाठमा संविधानमा हुदै नभएको निर्दलिय ब्यबस्थाको झल्को दिने गरी आफनै पाटी प्रमुख बिरुद्ध कहिले पेरिश डांडा, कहिले सुतिरहेका बुढनिलकण्ठ लाइ बिउझाउन उद्धत छन, सबै सचेत युवाहरुले यो तमासालाइ नजिकबाट नियालिरहनु भएको छ कि यिनि हरु आखिर के खा्जिरह्का छन, एमालेको सिता खाएर, देउवाको गिता गाउन बानी परेका हरुले साच्चै सुखि नेपाली,सम्बृद्ध नेपाल नचाहेका हुन? युवा हरुले सोध्न सक्नुपर्यो तिमि हरु कि किन र कसका लागी राजनिती गर्दै छौ ?

लेखक अनेराश्बियुका बिध्यार्थी नेता हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय