नेकपा
नेकपा एमालेका नेता मेटमणि चौधरीले प्रधानमन्त्री केपी ओलीलाई रेबिज बिरुद्धको भ्याक्सिन दिनुपर्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै चौधरीले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले एमालेका वरिष्ठ नेता नेपाललाई अपमान हुने शब्द प्रयोग गर्नु आपत्तिजनक भएको उल्लेख गरे ।
उनले भने–‘माधव नेपाल जस्तो वरिष्ठ नेतालाई ओलीले जुन अभिव्यक्ति दिएका छन्, पुच्छरको अभिव्यक्ति, कुकुर जस्तै अभिव्यक्ति, पशुको जस्तै अभिव्यक्ति दिएका छन् । त्यसको जवाफमा मैले त्यसो भनेको हुँ ।’
उनले अगाडि भने–‘प्रधानमन्त्री जस्तो मान्छेले जे मन लाग्छ त्यही बोल्न पाइँदैन नी त । अलि सोचेर बोल्नुपर्यो, अलि गम्भीर भएर बोल्नुपर्यो । देश चलाउने मान्छे कसैलाई बाँकी नराख्ने, कुकुरलाई पनि रेबिज लाग्यो भने सबैलाई टोक्दै हिँड्छ नि, ओलीलाई पनि अहिले रेबिज लागेजस्तै अदालतलाई गाली गर्छन्, आफ्नै नेतालाई गाली गर्छन् । विपक्षी दललाई गाली गर्छन् । जनतालाई गाली गर्छन्, सबैलाई गाली गरिरहेका छन् । त्यसैले रेबिजको लक्षण हो भन्ने लाग्यो मलाई । त्यसैले मैले लेखेको हुँ ।’