बिहिबार , चैत्र १५, २०८०

Nepali Rajneeti

दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा राष्ट्रपतिसहित अन्य उच्च सरकारी अधिकारीहरू चढेको हेलिकप्टरमाथि गो’ली हानिएको छ।

राष्ट्रपति आइभन डुकले विज्ञप्ति जारी गर्दै भेनेजुयलाको सीमानजिकैको क्याटाटुम्बो क्षेत्रमा आफू चढेको हेलिकप्टरमा गो’ली हानिएको जनाएका छन्।

उनका अनुसार हेलिकप्टरमा रहेका रक्षा मन्त्री डियगो मोलानो, गृह मन्त्री ड्यानियल पालासियससहित सबै अधिकारीहरू सुरक्षित छन्।

कुनै देशको राष्ट्रपति चढेको हेलिकप्टरमाथि आ’क्र’म’ण’ हुनु बिरलै हुने घटनामध्ये हो। डुकले आ’क्र’म’ण कहिले र कुन समयमा भएको हो भन्ने नखुलाएको समाचार संस्था एपीले जनाएको छ।

‘म देशलाई जानकारी दिन चाहन्छु क्याटाटुम्बोमा प्रतिवद्धता पूरा गरेर कुकुता सहर पुग्नै लाग्दा राष्ट्रपतिको हेलिकप्टरमा आ’क्र’म’ण भएको थियो,’ राष्ट्रपति डुकको विज्ञप्तिमा भनिएको छ।

हेलिकप्टरको क्षमताले ठूलो दु’र्घ’ट’ना हुनबाट बचाएको उनको दाबी छ। राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको एउटा भिडिओमा हेलिकप्टरमा गो’ली’का दागहरू देखिन्छन्।

राष्ट्रपतिको हेलिकप्टरमाथि आ’क्र’म’ण भएको भनिएको क्षेत्रमा धेरै ह’ति’या’र’धारी समूहहरू सक्रिय छन्।

राष्ट्रपति डुकले उक्त आ’क्र’म’ण’लाई कारयताको संज्ञा दिँदै ला’गु औ’ष’ध ओसारपसार, आ’तं’क’वा’द र संगठित अ’प’रा’ध’विरूद्धको आफ्नो लडाइँ नरोकिने बताएका छन्।

‘यसको सन्देश के हो भने अप’रा’धको सामना गर्न कोलोम्बिया सधैँ बलियो छ र हाम्रा संस्थाहरू कुनै पनि ध’म्की’भन्दा माथि छन्,’ उनले भनेका छन्।

यसअघि पनि कुकुता सहरमा एउटा सैनिक बेसमा कार ब’म आ’क्र’मण’ भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय