बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

यो दुनियाँमा बच्चा जन्माउने उद्योग छ भन्दा तपाईंलाई सायद पत्याउन गाह्रो भइरहेको हुनुपर्छ ।

तर यो सत्य हो । आमा हुनु भनेको प्रत्येक महिलाको लागि सबैभन्दा रमाइलो अनुभूति हो ।

तर धेरै महिलाले शरीरमा भएको केही समस्याका कारण आमा बन्ने मौका प्राप्त गर्न सक्दैनन् । त्यस्ता महिलाहरूले मातृत्वको आनन्द लिन सरोगेसी प्रक्रियाकोसहारा लिन्छन् ।

सोही कारणले गर्दा अभिभावक बन्न चाहने दम्पतीहरू, पछिल्ला बर्षहरूमा युक्रेनतर्फ लाग्ने गरेका छन् । त्यहाँ बच्चाहरूको कारखाना भएको विश्वास गरिन्छ ।

पूर्वी यूरोपमा रहेको युक्रेनमा सरोगेसीलाई वैधता दिइएको छ, जसकारण त्यहाँ हरेक वर्ष हजारौं बच्चाहरूको जन्म हुन्छ । अनी मान्छेहरु बाहिरबाट आएर बच्चा किनेर लैजाने गर्छन् ।

रूसको नजिक अवस्थित युक्रेन त्यसको सौन्दर्यका लागि विश्वभर प्रसिद्ध छ । तर अब युक्रेन सरोगेसीमार्फत बच्चा जन्माउने उद्योग बनेका कारण विश्वव्यापी रूपमा प्रख्यात भइरहेको छ ।

यद्यपि यस सुन्दर देशको तीतो सत्य के पनि हो भने त्यहाँ सरोगेसीमार्फत बच्चा जन्माउने आमाहरूलाई जनावरहरू जसरी राख्ने गरिन्छ । डेली मेलको रिपोर्ट अनुसार युक्रेनमा एक दम्पतीले बच्चा पाउनका लागि ६४ देखि ६७ लाख रूपैयाँ भन्दा धेरै खर्च गर्छन् ।

पसलकोजस्तै बच्चाहरूको मोलतोल गरिन्छ । मान्छेहरु लाखौं रूपैयाँ खर्च गर्छन् र केहि महिना पछि आफ्ना बच्चा लिएर जान्छन् । सरोगेसी कार्य युक्रेनमा धेरै नै पेशेवर तरीकाले गरिन्छ ।

ग्राहकबाट लाखौं रूपैयाँ लिइन्छ र यसको बदलामा केही महिना पछि बच्चालाई एक सरोगेट आमा मार्फत हस्तान्तरण गरिन्छ । तर बच्चालाई आफ्नो ग’र्भमा रा’खेको आमाको अवस्था कति खराब हुन्छ भनेर ग्राहकलाई कहिले पनि थाहा हुँदैन ।

मागिएको पैसा तिरेर सरोगेटे आमाको सेवा लिने दम्पतीलाई लाग्दैन कि उनीहरूको काखमा रहेको बच्चा ९ महिनाको संघर्षपछि एक महिलाले जन्माएकी हुन् । डेली मेलको रिपोर्टका अनुसार बिराका र विन्नी स्मिथ जो सरोगेसीका आमा बुबा बनेका थिए, उनीहरूले सरोगेसीकी आमा बन्नुको पछाडि रहेका केही गम्भीर खुलासहरु गरेका हुन् ।

उनीहरुका अनुसार प्रसवपूर्व उनीहरूलाई धेरै नराम्रो अवस्थामा राखिएको थियो । त्यसरी अर्काका लागि कोख भाडमा लिएर बच्चा जन्माउने महिलाहरुलाई जनवार भन्दा तलको व्यवहार गर्ने गरिएको छ । त्यहाँ त्यसरी आमा बन्नेहरुको अवस्था जनावरहरूको भन्दा कम छैन ।

बिरन्का र स्मिथ तब चकित भए जब सरोगेसीबाट बच्चा जन्माउने एक महिलाले सत्य कुराहरु बताइन् । सरोगेसीमार्फत त्यस दम्पतीका दुई जुम्ल्याहा छोरा थिए । सरोगेसीका लागि काम गरिरहेकी एउटी महिलाले बताइन् कि उनी डिलिभरी हुनु भन्दा पहिले धेरै नै नराम्रो अवस्थामा पशुको जस्तो हालतमा रहेकी थिइन् ।

ती महिलाले आफुहरुलाई फोहोर ठाउँमा राख्ने गरेको बयान दिएकी छिन् । शौचको लागि फोहोर पानीको सहारा लिनु पर्छ । उनी कारबाहीको डरले उजुरी गर्न असमर्थ छिन् । ति महिलाले बियन्का र विन्नी स्मिथ गर्मीमा बस्न बाध्य भएको उल्लेख गरेकी छिन् ।

उनीहरुको कोठमा एसी जडान गरिएको छैन । सो कामका लागि, उनीहरूलाई एक वर्षमा १६ लाख भन्दा धेरै दिने गर्छन् । सरोगेसी मार्फत बच्चाहरू चाहने आमाबाबुलाई यो कुरा सुनाउने गरिएको भए पनि त्यसरी पैसा भने दिइरहेको हुँदैन । उक्त महिलाका अनुसार युक्रेनमा अन्य व्यवसायहरू जस्तै सरोगेसी पनि ठूलो मात्रामा सञ्चालित छ ।

कम्पनीहरूले पनि त्यस्ता कार्यक्रमहरूको प्रबर्धन र आयोजना गर्दछन्, जहाँ सरोगेसीबाट जन्मेका बच्चाहरूलाई पनि आमन्त्रित गरिन्छ । जानकारी अनुसार त्यसपछि बढुवा पनि गर्ने गरिन्छ । तर पर्दा पछाडिको अँध्यारो सत्यको बारे कसैलाई थाहा छैन । हामी तपाईंलाई बताउँ कि भारत, नेपाल र बंगलादेश जस्ता देशहरूमा सरोगेसीको बारेमा धेरै कडा कानूनहरू छन् ।

जसको कारण मानिसहरू युक्रेन जस्ता देशहरूमा जान्छन् । तर सरोगेसीले बेलायतमा पनि कानुनी मान्यता पाएको छ । सरोगेसी (कोख भाडामा दिने) कानुनी रुपमा बाँधिएको एउटा समझौता हो ।

जहाँ एक महिला (कोख भाडामा दिने आमा) र अन्य ब्यक्तिहरू बीच भएको सम्झौता अनुरुप बच्चा जन्माउन राजी हुन्छन्, बच्चाको जन्म भइसकेपछि उक्त बच्चाप्रतिको उनको दायित्व समाप्त हुन्छ । विभिन्न कारणले मानिसहरूले यो तरिकाको प्रयोग गरेर बच्चा जन्माउने गर्छन्।

कसैको पाठेघरमा वा अन्य शारिरिक कारणले बच्चा जन्माउन नसक्ने अवस्था, अथवा एक पुरुष जोडीले या महिला जोडीले बच्चा जन्माउने चाहना राख्दा वा यस्तै कुनै अवस्थामा मानिसहरूले सरोगेसीको मद्दत लिन्छन् वा व्यवस्था खोज्छन्। सरोगेसी विभिन्न प्रजनन प्रविधिहरूद्वारा सम्पन्न गरिन्छ ।

कसैले शुल्क लिएर वा नलिएर पनि सरोगेसीबाट बच्चा जन्माउन तैयार हुन्छ । भाडामा कोख दिनु पनि एउटा व्यापार नै मान्नु पर्छ । संसारभरि यस सम्बन्धी नियममा फरकपन पाइन्छ ।

यो प्रक्रियाबाट बच्चा जन्म दिनु कतिपय देशमा कानुन सम्मत छ भने कतिपय देशमा यो गैरकानुनी छ । बच्चा जन्म दिने महिलाले आफ्नै अण्डको प्रयोग गरेर ग’र्भ बो’क्ने एउटा तरिका हो भने अर्को तरिकामा बाहिरबाट शुक्राणु र डिम्ब ती महिलामा प्रत्यारोपण पनि गरिन्छ ।

प्राय गरेर सरोगेसीमा कुनै समस्या आएको देखिदैन । तर सन २०१४ मा थाइल्यान्डमा भएको ग्यामी भन्ने बच्चाको घटनाले विश्वमा हलचल ल्याएको थियो । जुम्ल्या बच्चामध्ये रोगी बच्चालाई स्विकार नगरेर स्वस्थ्य बच्चालाई मात्र अस्ट्रेलिया लगेका थिए । यसले एउटा तरंग ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय