काठमाडौं ।
भारत आन्ध्र प्रदेशमा एक बहुमुल्य कुरा फेला परेको छ । त्यहाँको पूर्वी गोदावरी जिल्लाको उप्पाडा गाउँमा जे फेला पर्यो त्यसले सबैलाई चकित बनाएको छ ।
नदीको किनारमा ठूलो समुद्री चिप्लेकीरा भेटिएको हो । त्यसलाई झण्डै २९ हजार रुपैयाँमा लिलामी गरिएको छ । वैज्ञानिक रूपमा चिप्लेकीरालाई ‘सिरिन्क्स अरुनस’ भनेर चिन्ने गरिएको छ ।
चिप्लेकीरा ढाडमा हाड नभएको जीव हो । साधरणतया ढाडमा बाह्य खबटा नहुने अथवा धेरै सानो खबटा हुने मोलस्का परिवारका ग्यास्ट्रोपोड वर्गका जीवहरू चिप्लेकीरा नामले चिनिन्छन् ।
यही खबटा नहुने कारणले चिप्लेकीराहरूलाई शङ्खेकिराहरूबाट अलग्याएको हो ।
वैज्ञानिकहरूका अनुसार सबै चिप्लेकीराहरूका वंशज शङ्खेकिराहरूबाट खबटाको आकार घट्दै गएर विकाश भएका हुन् ।
सतहीरूपमा शरीरको बनावट उस्तै देखिएपनि चिप्लेकीराहरूका विभिन्न प्रजातिहरूको वंशणुगत सम्बन्ध भने त्यति नजीकको छैन ।
चिप्लेकीराहरू जमीन तथा समुन्द्र दुवै ठाउँमा पाइएपनि साधारणतया जमीनमा पाइने खबटारहित ग्यास्ट्रोपोडहरू चिप्लेकीरा भनेर चिनिन्छन् ।
जमीनमा पाइने केही चिप्लेकीराहरूका शरीरमा अत्यन्तै सानो आकारको खबटाहरू हुन्छन्, यस्ता चिप्लेकीराहरूलाई अङ्ग्रेजीमा सेमिसलुङ्ग भनेर चिनिन्छ ।
यी जीवहरूको विकाश क्रममा अन्य ग्यास्ट्रोपोडहरूको जस्तै भित्री अङ्गहरू बटारिने गर्दछ । चिप्लेकीराहरूको जिऊ अत्यन्तै नरम र चिप्लो खालको हुन्छ ।
यहि चिप्लोपनाले यसलाई एक स्थानबाट अर्को स्थानसम्म जानलाई सहयोग गर्छ, त्यसैले जमीनमा पाइने चिप्लेकीराहरू आर्द्रता धेरै भएको स्थानमा मात्र हिंडडुल गर्छन् र सुख्खा मौसममा ओशिलो स्थानहरूमा गएर लुक्ने गर्दछन्।
चिप्लेकीराहरू भाले तथा पोथी दुबै प्रजनन् अङ्गहरू एउटै शरीरमा हुने उभयलिंगी जीवहरू हुन् ।
प्रजनन स्थान र साथीको छनोट पश्चात यीनीहरू एक अर्कासँग बटारिन्छन् र बाहिर झुन्डिएको भाले बाट बच्चा जन्माउने बिउ आदानप्रदान हुन्छ । सम्पर्कको केही दिन पछि जमीनमा भएका प्वालहरूमा अथवा कुनै मुढाहरूको मुनि ओशिलो स्थानमा चिप्लेकीराहरूले ३० वटा जति फुल पार्छन् ।