शुक्रबार , बैसाख ७, २०८१

काठमाडौ ।

यो बा २ झ ३१४२ को गाडी बहालवाल मन्त्रीको हो । अगाडी चक्कामा देख्न सक्नुहुन्छ पहेलो रंगको लक लगाइएको छ ।

काठमाडौको बानेश्वरमा गलत ठाउँमा पार्किङ गरिएको यो मन्त्रीको गाडीमा ट्राफिक प्रहरीले लक लगाएको छ ।

नेपाल पद र प्रतिष्ठा भएका पहुँचवालाले जे गर्दापनि छुट हुन्छ भन्ने सन्देश गएका बेला यो तस्बिर निक्कै अर्थपूर्ण छ ।

कानून उलंघन गर्ने जो कोही कानूनको फन्दामा पर्छन् भन्ने सन्देश बेला–बेला ट्राफिकले दिन आँट गर्छ ।

गाडी अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाई, गृह मन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल चढ्ने हो ।

तर झण्डा छोपिएकाले मन्त्री थिएनन् की भन्ने देखिन्छ । तर गृहमन्त्रालय नै सम्हालेका विष्णुप्रसाद पौडेल कै गाडीमा ह्वील लक लाग्नु ठूलै आँट भने हो ।

बानेश्वरमा गरेको बा २ झ ३१४२ ह्विल लक गरिएको गाडीको गाडी कसको थियो ? भन्ने प्रश्नमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारीले भने उर्जा मन्त्रालयको भन्ने आयो नम्बर प्लेट मन्त्री ज्यू कै हो । तर झण्डा छोपिएको थियो । गाडीमा चालक मात्र आएकाले को थिए भन्न सकिन्न ।

यसअघि सिंहदरबार अगाडीकै सडकमा सचिवको गाडीमा समेत ट्राफिकले लक लगाएको थियो ।

यसैगरी गृह मन्त्रालयका उच्च अधिकारी चढ्ने दुई गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको थिए ।

निषेधित क्षेत्रमा पार्किङ गरेको पाइएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी टोलीले गाडीलाई कारबाही गरेको थियो ।

महाशाखाका अनुसार कारबाहीमा पर्ने गाडी बा २ झ ४३८८ र बा २ झ ३४६ नम्बरको हो ।

दुवै गाडी गृह मन्त्रालयका हुन् । जसमध्ये एउटमा तत्कालिन गृह प्रवक्ता सह सचिव रामकृष्ण सुवेदी चढ्थे । अर्कोमा भने उप सचिव कृष्णप्रसाद शर्मा चढ्दै आएका थिए ।

निशेधित क्षेत्रमा पार्किङ गरेको भेटिएपछि ट्राफिक प्रहरीले दुवै गाडीको चक्कामा ‘ह्विल लक’ गरेको थियो । गाडी सिंहदरबारस्थित पूर्वी गेट सामुन्ने सडकमा पार्किङ गरी राखिएको थियो ।

यसैगरी महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा समेत ह्विल लक लगाएको थियो ।

सडक ढाकेर पार्किङमा राखेको गाडीमा लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको महाशाखाले जनाएको छ । ‘नियम मिच्ने जुनसुकै गाडीमा पनि ह्विल लक लाग्छ, हामी यसको उसको भन्दैनौं,’ महाशाखाका एक अधिकारीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय