लगातारको वर्षापछि आएको बाढीले मनाङमा बेलिब्रिज र विद्युत्‌गृह बगाएको छ ।

सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह बगाएको हो ।

त्यस्तै नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ । मस्र्याङ्दीमा आएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो ।

घट्टेखोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको छ ।

त्यस्तै सदरमुकाम चामेको ४ वटा घरमा पनि बाढीले क्षति पुर्‍याएको छ । दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ । यहाँ ट्रस्ट बनाएर बसेका होटल र र पसलहरु सबै बगाइसकेको छ ।

हुलाक कार्यलय यसरी बग्दै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय