काठमाडौं ।

नेकपा एमालेका प्रभावशाली नेता खिल प्रसाद भुसालले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले राजनीतिबाट विदा लिन लागेको बताएका हुन् ।

बाँकेको कोहलपुरमा रहेर राजनीति गर्दै आएका उनले भनेका छन, ‘मलाई माफ गर्नु होला सायद मेरो सक्रिय राजनीतिक जीवनबाट विदा लिनुपर्ने अवस्था आउँदैछ ।

यसमा कसैको दवाव र प्रभाव भन्दा पनि मेरो आन्तरिक जीवनको समस्या प्रमुख रह्यो’ उनको यो उद्घोषले पार्टी कार्यकर्तालाई दुःखी बनाएको छ ।

भुसाललले एमाले कोहलपुर नगर संगठन कमिटी अध्यक्षका रुपमा पनि काम गरिसकेका छन् ।

उनले अन्त्यमा राजनेता के पी ओली जिन्दावाद पनि भनेर लेखेका छन् ।

यस्तो छ स्टाटस

मलाई माफ गर्नु होला सायद मेरो सक्रिय राजनीतिक जिवनबाट बिदालिनुपर्नेअवस्था आउदैछ यसमा कसैको दवाव र प्रभाव भन्दा पनि मेरो आन्तरिक जिवनको समस्या प्रमुख रह्यो ।
राजनेता केपी ओली जिन्दावाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय