बिहिबार , चैत्र १५, २०८०

पोखरा

जेठ

गण्डकीका प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जोकरकाे संज्ञा दिएका छन्।

पूर्व मुख्यमन्त्री गुरुङले आफ्नो कार्यकालमा काम भन्दा बढी जोक गर्ने गरेको मन्त्री मनाङेको भनाई छ।

‘जोकरलाई हामीले सिएम (मुख्यमन्त्री) बनाएछौं बिएल नेपाली सेवासँग कुराकानी गर्दै मन्त्री मनाङेले भने काम भन्दा बढी जोक गर्छ। जोकरलाई हामीले सिएम बनाउदा कहाँ राम्रो हुन्छ?

४५ दिनमा तीन पटक मन्त्री नियुक्त भएका मनाङे पृथ्वीसुब्बा नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका थिए।

गृह (आन्तरिक मामिला तथा कानून) मन्त्रालयको दाबी बारे बिएल नेपाली सेवाकाे प्रश्नमा मन्त्री मनाङेले अरु मन्त्रालय भन्दा गृह राम्रो भएको बताएका छन्।

यहाँको गृह मन्त्रालय राम्रो छ। केन्द्रको त मलाई था भएन, त्यहाँ अलि बदमास नै छ उनले भने म काम गर्ने मान्छे भएकाले गृह मन्त्रालय हेर्नुपर्ने हुन्छ। तर, भाैतिकमा जान्छु जस्ताे छ।’

मन्त्रालयबारे हप्तादिन भित्रमा टुंगो लाग्ने उनले बताए। गण्डकी सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय