शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं

जेठ

बागमती प्रदेशका काँग्रेस सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिब्यक्ति दिएपछि विवादमा तानिए ।

शुक्रबार बागमती प्रदेशसभाको बैठकमा उनले सो अभिव्यक्ति दिएपछि सत्तापक्ष मात्र नभई उनकै दलले कांग्रेसले समेत आपत्ति जनाउँदै आत्मालोचना गर्न निर्देशन दियो ।

बैद्यले प्रदेशसभाको बैठकमा माफी मागिसकेका छन् ।गम्भीर प्रकारको आपत्तिजनक अभिव्यक्ति दिएका बैद्यले शनिबारको प्रदेश सभाको बैठकमा आफूले भावावेगमा आएर सो अभिब्यक्ति दिएको

भन्दै पार्टीको निर्देशनअनुसार आफ्नो भनाई फिर्ता लिएको बताउँदै संसदको रकर्डबाट समेत सो भनाइ हटाउन आग्रह गरेका छन् ।तर, उनै बैद्यको शुक्रबारको भनाइलाई एमालेकै निर्वतमान सांसद मेटमणि चौधरीले भने समर्थन गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो भनाई लेख्दै उनले बैद्यको भनाइको समर्थन गर्दै उनको अभिब्यक्ति सबैलाई अप्रिय लागे पनि सत्य रहेको दावी गरे ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय