बिहिबार , बैसाख १३, २०८१

काठमाडौं

जेठ

जनता समाजवादी पार्टी नेपालले पृथ्वीसुब्बा गुरूङ नेतृत्वको सरकारलाई समर्थन रहेको उल्लेख गर्दै प्रदेश प्रमुखलाई पत्र लेखेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

जसपाको गण्डकी प्रदेश समिति अध्यक्ष भन्दै अनिल परियारको नाममा १/०७७।०७८ चलानी नम्बर भएको पत्र पेश भएकोप्रति जसपाले ध्यानाकर्षण भएको जनाएको छ।

जेठ २८ मा गुरूङ सरकारलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखलाई पत्र लेखेको पाइएको जसपाको भनाइ छ।

परियार जसपाको साधारण सदस्य पनि नरहेको जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले आज निकालेको विज्ञप्तिमा उल्लेख छ।गण्डकी प्रदेश समिति अध्यक्षमा मोति रिजाल रहेको अधिकारीले उल्लेख गरेका छन्।

हुँदै नभएको हैसियतमा फर्जी र नक्कली लेटरप्याड तथा स्टाम्प बनाएर प्रयोग गरी दिग्भ्रमित गर्ने कार्य अनैतिक भएको जसपाको भनाइ छ। जसपा कुनै पनि प्रकारको प्रतिगमनकारी र लोकतन्त्र मास्ने कार्यको विपक्षमा रहने विज्ञप्तिमा उल्लेख छ।

जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष गण्डकी सरकारमा गएको छ। हरिशरण आचार्य विनाविभागीय मन्त्री छन्।प्रदेश प्रमुख सीता पौडेलले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्दा एकल दाबी परेको उल्लेख गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय