
काठमाडौं- मनसुन सक्रिय भएसँगै देशका अधिकांश ठाउँमा दुई दिनदेखि लगातार वर्षा भइराखेको छ ।
मनसुनको न्यूनचापिय रेखा नेपालतिरै रहेकाले अझै तीन दिनसम्म ठाउँ ठाउँमा लगातार वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाको क्रम जारी रहने भएको बाढी र पहिरोका जोखिम उच्च रहेको पनि जनाइएकाे छ ।
मौसमविद् विभूति पोखरेलका अनुसार मंगलबार रातिदेखि बुधबार बिहानसम्म देशका अधिकांश स्थानहरुमा सामान्यदेखि भारी वर्षा भएको छ । वर्षाका कारण विभिन्न ठाउँको जनजीवन अस्तव्यस्त बनेको छ ।
यस्तै नदी क्षेत्रहरुमा बढी सतर्क रहन पनि आग्रह गरिएको छ । अत्यावश्यक कामका लागि कामको प्रकृति हेरेर बाहिर निस्कनुपर्ने भन्दै सचेत रहन पनि आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले चितवन, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दिया लगायत आसपास जिल्लाबाट बहने खोलामा बाढि आएकाले सतर्क रहन अपिल गरेको छ ।
ठूला नदीमा खतराको संकेत नदेखिए पनि साना खोलामा उच्च जोखिम देखिएको जनाएको छ । यस्तै लगातारको वर्षाले पहिरोको समेत जोखिम रहेकाले सतर्क रहन अपिल गरिएको छ।
यस्तो हुनेछ तीन दिनको मौसम
असार २५ गते (बुधबार)
दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केही स्थानहरुमा भारी वर्षाको संभावना छ ।
राति देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केही स्थानहरुमा भारी वर्षाको संभावना छ भने एकदुइ स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
असार २६ गते (बिहीबार )
दिउँसो : देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केही स्थानहरुमा भारी वर्षाको संभावना छ ।
राति : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केही स्थानहरुमा भारि वर्षाको सम्भावना छ भने एक दुइ स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ ।
असार २७ गते (शुक्रबार )
दिउँसो : देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
राति : देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
Source ; nepalsamaya.com