शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं

जेठ

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद‍् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति ग’ म्भीर घा’ त हुन

लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको बताएका छन्।

त्यो सूचना के हो भन्ने नखुलाएका भट्टराईले कुनै दिन यथार्थ बाहिर ल्याउने तर अहिले बेला नभएको उल्लेख गरेका छन्।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्न सँगको कुराकानीमा डा। भट्टराईले यो कुरा उल्लेख गरेका हुन्।

वैशाख १३ गते करिब–करिब मध्यरातमा मेरो जीवनमा यस्तो एउटा घ’ टना घ’ टेको छ यो आज पनि उ’ द्घाटित गर्दिनँ, तपाईंलाई संकेत मात्र गर्छु डा।

भट्टराइले भनेका छन्कु नै दिन मैले नेपाली जनतालाई बुझाउनुपर्छ किनकी म देशको सार्वभौमिकता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहन भनेर सपथ लिएको पूर्व प्रधानमन्त्री हो।

उनले देश ग’ म्भीर सं’ कटमा पर्दैछ भन्ने सूचना पार्टीका जिम्मेवार नेता र अन्य पार्टीका शीर्ष नेताहरुलाई पनि जानकारी गराएको बताएका छन्।

सो सूचनाको आधारमा देशलाई बचाउने हो भने केही ग’ म्भीर कदम चाल्नुपर्छ भन्दै प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न भनेको उनको दावी छ।

तपाईंले मार्ग प्रशस्त गर्नुस् एउटा राष्ट्रिय सहमतिको सरकार बनाएर जाउँ, पूर्व प्रधानमन्त्रीहरु आकाँक्षी बन्नु हुँदैन, सबैलाई मान्य हुने व्यक्ति खोजेर देशलाई निकास दिउँ भन्न म गएको हुँ उनले भने,

मुलुकको सार्वभौमसत्ता, संविधान, स्वतन्त्रतासँग सम्बन्धित विषयमा त्यस्तो कुनै घा’ त हुँदैछ भनेर मैले मेरो देशको

प्रधानमन्त्रीलाई सूचित गरेको हो। तर मैले त्यस्तो ग’ म्भीर विषय उठाउँदा उनले विषयान्तर गरे।

देशभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइन अनुसार पाँच पुसदेखि जेठ ८ गते मध्यरातसम्मका परिघटना भएको भट्टराईको दाबी छ।

उनले घुमाउरो पारामा देशमा फेरि राजसंस्था फर्किन सक्ने बिचार व्यक्त गरेको प्रष्ट बुझ्न सकिन्छ जुन हुन पनि सक्छ नहुन पनि सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय