शनिबार , बैसाख ८, २०८१

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताको गोली लागेर प्रहरीको मृत्यु भएको छ ।

बुधबार बिहान ८ः३० मा भोजपुर बजारको हटिया लाइन क्षेत्रमा ड्युटीमा रहेका प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको हो ।

महानिरिक्षक कार्यालयका एसपी रमेश थापाका अनुसार विप्लव कार्यकर्ताको गोली लागेर मारिनेमा प्रहरी जवान सन्जिव राई रहेका छन् । गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

प्रहरीले प्रतिकार गर्दा एक जना विप्लव कार्यकर्ताको पनि मृत्यु भएको छ । मारिनेमा मिरकुमार राई रहेको प्रहरीले जानकारी दिएको छ ।

थापाका अनुसार त्यस क्षेत्रमा विप्लवका कार्यकर्ताहरु आएको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा गस्ती बढाएको थियो ।

आज बिहान प्रहरी र विप्लवका कार्यकर्ता आमनेसामने हुने बित्तिकै उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेका थिए । लगत्तै प्रहरीले जवाफी फायर गरेको थियो ।

जसमा एक जना विप्लव कार्यकर्ताको मृत्यु भएको थियो । मारिने राई ओखलढुंगा इन्जार्च समेत रहेको प्रहरीको भनाई छ । अन्य भने त्यहाँबाट भाग्न सफल भएका थिए ।

प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ।

प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय