काठमाडौं

२८ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबारको मन्त्रिपरिषद्को बैठकमा लामो समय बोल्नमा खर्चिए ।

एक घन्टा मन्त्रीहरुलाई ब्रिफिङ गरेका उनले पछिल्लो राजनीतिक घटनाक्रम देखि सर्वोच्च अदालतका आदेशहरुबारे समेत बोलेका थिए ।

क्याबिनेटमा ओलीले एकपछि अर्को अन्तरिम आदेशहरु जारी भएकोमा गुनासाहरु गरेका थिए ।

उनले घुमाउरो तरिकाले यसले टकराव बढाउने अवस्था सृजना हुन लागेकाले तयार हुन समेत भनेका थिए ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

ओलीले घुमाउरो तरिकाले प्रतिकूल परिस्थिति सृजना हुन लागेको विषय पनि राखे । उनको स्पष्ट संकेत अदालतप्रति थियो ।

ओलीले चालेका कदमहरु सबैमाथि अदालतले धक्का दिने गरी आदेश जारी गरिसकेको छ ।

एमालेको महाधिवेशन कमिटी अवैधानिक हुने गरी आदेश जारी भएको छ । नवौं महाधिवेशनले बनाएको कमिटिलेका गरेका निर्णयहरु मान्य हुने गरी आदेश जारी भएको छ ।

नागरिकतासम्बन्धी अध्यादेश पनि खारेज हुने गरी आदेश जारी भएको छ । यसरी एकपछि अर्को ओलीको कदममा अदालतले आदेश जारी गरी धक्का दिएको छ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय