मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।

बामदेव गौतम नेकपा हुँदै नेकपा एमाले बन्दा पनि पछिल्लो समय कुनै खेमामा खुलेर लागेनन् । उनले निरन्तर एकता अभियान चलाए । विगतमा नेकपा एमाले फुटाएर नेकपा माले बनाएका गौतमलाई विभाजनको सबैभन्दा ठूलो पीडा छ ।

विभाजनले उनलाई राजनीतिक जीवनमा ठूलो धक्का दिएको थियो । त्यो पीडा उनको आत्मामा अझै गडिएको रहेछ । त्यसैले कुनै हालतमा नेकपा फुट्न हुन्न भनेर लागिरहे । तर, केही सीप लागेन नेकपा फुट्यो ।

नेकपा एमाले ब्युँतिएपछि विभाजनको धाँजा टालिएन । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकराव बढ्दै गएर फुटको अवस्था बन्यो । यसको औपचारिक घोषणा मात्र हुन बाँकी रहेको अवस्था छ ।

ओलीले समेत बामदेवलाई निकै पेले । उनको प्रस्तावहरु कुनै मानेनन् । जतिसुकै चिढ्याएपनि गौतमले कुनै गुटमा आफूलाई विलिन बनाएनन् । उनी निरन्तर एकता अभियानमा जुटे ।

अब यस्तो अवस्था आएको छ कि नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँतने निश्चित भएको छ । कमिटी ब्युँतिएर निर्णयहरु नलिए अहिलेको निर्णय सबैले वैधानिकता पाउन सक्दैन ।

सर्वोच्च अदालतलको बुधबारको कर्णाली प्रदेशका ४ सांसद निष्काशनसम्बन्धी रिटमा आदेशले त्यही भन्छ । नत्र एमालेबाट फ्लोर क्रस गर्ने सांसदहरु हटाइएकामा पुर्नवहाली हुन्नथिए ।

अब एमालेको अहिलेको कमिटीले जे जे निर्णय गरेपनि वैधानिकता नपाउन सक्छ ।

अब जे जति निर्णय हुन्छ नवौं महाधिवेशनको कमिटीले गरेपछि मात्र मान्यता पाउन सक्छ । त्यसकारण पनि अध्यक्ष ओलीलाई नवौं महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक डाकेर बढ्नुपर्ने वाध्यता छ ।

उनले ६ बुँदे एकताको प्रस्तावमा २ जेठ २०७५ को अवस्थाको पार्टी कमिटी कायमै राख्ने शर्तसहित उल्लेख गरेका थिए । ओली नवौं महाधिवेशनको निर्वाचित कमिटीलाई सक्रिय बनाएर जाने मुडमा रहेको बुझिएको छ ।

नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँतिएमा ओली र नेपाल दुवै खेमा पदाधिकारी, स्थायी कमिटी देखि पोलिटब्युरोसम्म अल्पमतमा रहनेछन् । त्यतिबेला बामदेव गौतम निर्णायक शक्ति हुने सम्भावना देखिएको छ ।

नवौं महाधिवेशनमा एमालेमा निर्वाचित १४ पदाधिकारीमध्ये ५ जना पदाधिकारी ओली ओली खेमामा छन् । माधव नेपाल खेमामा पनि ५ जना नै छन् ।

विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि उपाध्यक्षको एक पद खाली छ । तीन पदाधिकारीमध्ये उपाध्यक्ष वामदेव गौतम, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराई तटस्थ छन् ।

गौतम एमाले एकता अभियानमा सक्रिय छन् । घनश्याम भुसाल पनि गौतम निकट हुन् । गौतमसँग बिष्ट र भट्टराई नियमित सम्पर्कमा छन् ।

एमाले एकता बचाउन सक्रिय भइरहेका बामदेव गौतमसहित ४ जना पदाधिकारी एकजुट भएमा निर्णायक शक्ति उनीहरु नै हुनेछन् । यसकारण पनि गौतम निर्णायक शक्ति बन्ने निश्चितप्रायः भएको छ ।

एमालेको नवौं महाधिवेशनपछि निर्वाचित, स्वतः बन्ने र मनोनित गरी पदाधिकारीको गणना गर्दा ओली पक्षमा ५ जना र नेपाल पक्षमा ७ जना छन् । कसैको पनि बहुमत छैन । यस अवस्थामा पनि निर्णायक शक्ति बामदेव गौतम नै हुने देखिन्छ ।

नेकपा एमालेको निर्वाचित २२ जना स्थायी कमिटीमा ९ जना ओली पक्षमा छन् । ९ जना नेपाल पक्षमा छन् ।

महाधिवेशनमा पदेन निर्वाचित स्थायी कमिटी सदस्य अमृतकुमार बोहरालाई जोड्दा १० जना नेपाल पक्षमा देखिन्छन् । तर, महाधिवेशनलगत्तै स्थायी कमिटी सदस्यमा मनोनित भएका सुवास नेम्वाङलाई समेत जोड्दा दुवै पक्षमा १०–१० जना छन् । ३ जना स्थायी कमिटी सदस्य तटस्थ भूमिकामा छन् ।

यस्तो अवस्थामा पनि गौतमसहितको एमाले एकतामा सक्रिय समूह हावी हुने देखिन्छ ।

केन्द्रीय कमिटीमा पनि ओली र नेपाल समूह दुवैतर्फ आधा आधी जस्तो संख्या छ । महत्वपूर्ण निर्णय लिंदा बामदेव गौतम नै निर्णायक शक्ति हुने निश्चित छ ।

उनको केन्द्रीय कमिटीमा केही सदस्यहरु छन् । गौतमले त्यस्तो अवस्थामा लिने पक्ष या चाल्ने कदमले राजनीतिमा दुरगामी प्रभाव पार्न सक्छ ।

केपी शर्मा ओली पक्षधर स्थायी कमिटी सदस्य

१. केपी शर्मा ओली, अध्यक्ष

२. ईश्वर पोखरेल, महासचिव

३. प्रदीप ज्ञवाली, सचिव

४. पृथ्वी सुब्बा गुरुङ्ग, सचिव

५. विष्णु पौडेल, उपमहासचिव

६. शंकर पोखरेल, स्थायी कमिटी सदस्य

७. सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य

८. किरण गुरुङ्ग, स्थायी कमिटी सदस्य

९. छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य

१०. सुवास नेम्वाङ, स्थायी कमिटी सदस्य, मनोनित

माधव नेपाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

१. माधवकुमार नेपाल, पार्टी नेता

२. झलनाथ खनाल, वरिष्ठ नेता

३. भीम रावल उपाध्यक्ष

४. अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष

५. युवराज ज्ञवाली, उपाध्यक्ष

६. घनश्याम भुसाल, उपमहासचिव

७. भीम आचार्य, सचिव

८. सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य

९. मुकुन्द न्यौपाने, स्थायी कमिटी सदस्य

१०.अमृतकुमार बोहरा, पदेन स्थायी कमिटी सदस्य

तटस्थ

१. बामदेव गौतम, उपाध्यक्ष

२. गोकर्ण बिष्ट, सचिव

३. योगेश भट्टराई, सचिव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय