शनिबार , बैसाख ८, २०८१

काठमाडौं।

गण्डकी प्रदेशको सत्तासंघर्षमा निर्णायक शक्ति बनेका स्वतन्त्र सांसद दिपक मनाङे सम्पर्कविहिन भएका छन् ।

आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले विश्वासको मत लिन लाग्दा प्रदेशका युवा तथा खेलकुदमन्त्री रहेका मनाङे सम्पर्कविहिन भएका छन् ।

मनाङेले मुख्यमन्त्री गुरुङ्गलाई विश्वासको मत नदिने निश्चितप्रायः भएको छ । उनले काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने सम्भावना देखेपछि यु टर्न भएको बुझिएको छ ।

दिपक मनाङेको फेरि भाग्योदय, गण्डकी प्रदेशमा निर्णायक शक्ति

मनाङेलाई मिलाउन काँग्रेसका नेता समेत रहेका गणेश लामा पोखरा पुगेका छन् । उनले दिपक मनाङेसँग भेटवार्ता गरेर पासा पल्टाएको बुझिएको छ ।

काँग्रेस उपसभापति विजयकुमार गच्छेदारनिकट लामाले मनाङेलाई मनाएपछि उनी विश्वासको मत दिन नपुग्ने बुझिएको छ ।

गण्डकी प्रदेशमा मनाङे निर्णायक शक्ति बनेका छन् । उनले कृष्णचन्द्र नेपालीलाई समर्थन गरेमा उनी मुख्यमन्त्री बन्न सक्छन् ।

कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा विश्वासको मत लिन ३१ मत चाहिन्छ । मनाङेले कृष्णचन्द्र नेपालीको पक्ष लिए ३१ मत पुग्छ ।

नेकपा एमालेको २७, नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपाको २, राष्ट्रिय जनमोर्चाको ३ र स्वतन्त्र १ सांसद छन् ।

कृष्णचन्द्र नेपालीले काँग्रेसको १५, माओवादी केन्द्रको ११, जसपाको २, राजमोको २ मत पाउँदा ३० मात्र पुग्छ ।

दिपक मनाङे पक्षमा आए नेपालीले बहुमत पाउनेछन् । उनलाई मिलाउन गणेश लामा पोखरा पुगेको बुझिएको छ । दुवै बीच पुरानो सम्बन्ध रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय