बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले) प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ ले आफ्नी श्रीमती नैनकला थापालाई मन्त्री बनाएका छन् ।

अदालतको फैसलाले गृहमन्त्रीबाट बाहिरिएका बादल अन्ततः आफ्नी श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकट सम्बन्धकै कारण बादलले आफ्नो खेमाबाट मन्त्री बन्न योग्य नेताहरुलाई पन्छाएर श्रीमतीलाई नै मन्त्री बनाएका हुन् ।

प्रधानमन्त्री ओलीले आज गरेको मन्त्रिपरिषद् विस्तारमा बादलपत्नी नैनकला सूचना प्रविधि तथा सञ्चारमन्त्री बन्न सफल भएकी हुन् ।

महेशलाई गृहमन्त्री बन्नबाट रोक्नेमा रिमाल र भट्टराईको हात, खगराजलाई राष्ट्रपतिको आशीर्वाद

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । ७ मन्त्री र एक राज्यमन्त्रीसहित ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

एमालेबाट ७ जना र जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादवलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यसअघि आफूसँग ७ मन्त्रालय राखेर जसपालाई दश मन्त्रालय लिएर मन्त्रिपरिषद विस्तार गर्दा नै एमालेबाट गृहमन्त्री बन्ने आकांक्षी नेताहरुको दौडधुप सुरु भएको थियो ।

सुरुदेखि नै गृहमन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी र कर्ण थापाको नाम चर्चामा थियो । अन्तिममा गृहमन्त्रीमा अधिकारीले बाजी मारे ।

बस्नेत, अधिकारी र थापा तीनै जना प्रधानमन्त्री ओलीनिकट नेता मानिन्छन् । तर, चर्चा भने यसपटक बस्नेतको धेरै भएको थियो । प्रधानमन्त्री ओली बस्नेतप्रति सकारात्मक थिए ।

तर, उनका टिममा रहेका नेताहरु भने महेशप्रति अनुदार देखिए । खासमा प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले महेशलाई गृहमन्त्री बन्न नदिन ठूलो भूमिका खेलेका थिए ।

यो कुरा महेशले पनि आफूनिकट नेताहरुसँग गुनासो पोख्ने गरेका छन् । अर्को कुरा, अधिकारीलाई गृहमन्त्री बनाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत भूमिका खेलेको बुझिएको छ ।

उनले प्रधानमन्त्री ओलीलाई अधिकारीलाई नै गृहमन्त्री बनाउन सुझाएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय