बिहिबार , मंग्सिर २१, २०८०

भारतका यूट्युबे समीक्षक तथा कलाकार कमाल आर खान (केआरके) सलमान खानसँग निहुँ खोजेर चर्चामा छन् ।

सलमानको राधे फिल्मको समीक्षा गर्दै धज्जी उडाएपछि सलमानका वकिलले कमाललाई मानहानिको नोटिस पठाएका थिए ।

यसैबीच सलमानको प्रतिरक्षा गर्दै गायक मिका सिंह पनि आएपछि कमालले मिकालाई रद्दी गायक भन्दै अपमान गरेका छन् ।

मिका सिंहले आफू कमालको घर गएको र त्यहाँ जाँदा कमालले घर बेचिसकेको थाहा पाएको दाबी गरेका छन् ।

कमाल अहिले दुबईमा बस्छन् । मुम्बईमा रहेको कमालको घर मिका सिंहको स्टुडियो नजिक छ ।

त्यसैले मिकाले कमालको घर गएर मतभेद हटाउने कोशिश गरेको तर घर जाँदा कमालको नेमप्लेट हटिसकेको र उनी त्यहाँबाट डराएर भागिसकेको बताए ।

मिकाले कमाललाई नडराउन र फर्केर आउन भनेका छन् ।

यस विषयमा मिकाले आफ्नो ट्विटर अकाउन्टमा भिडियो राखेका छन् ।

@MikaSingh paaji you rock ?
” This is not my Fight with #KRK , because he’s like a son to me ” Says Mika Singh #KRKKutta coming soon… pic.twitter.com/WzZ9BoFrva

— kiNg Mika SiNgh Fc? (@MikaSinghFansC1) June 2, 2021

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय