एजेन्सी

१७ वर्षकी एक किशोरीले भा,लुलाई धकेल्दै गरेको भिडियो अहिले भाइरल भइरहेको छ । क्यालिफोर्नियामा घरपछाडि आफ्ना कुकुरले भुक्न थालेपछि १७ वर्षीया हेली मोरिनिको के भएछ भनेर हेर्न गइन्। घरपछाडिको पर्खालमा उनले एउटा ठूलो भा,लु देखिन् र कुकुर बचाउन दौडेर भा,लुलाई घचेट्न गइन्।

अमेरिकाको क्यालिफोर्नियाकी यी किशोरीको नाम हेली मोरिसियो हो । उनले आफ्ना कुकुरलाई जोगाउन भा’लुलाई पर्खालबाट धकेलेकी हुन् ।

भिडियो फुटेजमा देखाएअनुसार पर्खालमा दिउँसो २ बजेर ३० मिनेट जाँदा एउटा भा#लु आफ्ना दुई डमरुसँगै हिँडिरहेको छ । त्यसपछि किशोरीले पालेका तीनवटा कुकुरहरू भुक्न थाल्छन् । यही समय केही पर किशोरीका आमा–बाबु बगैँचामा काम गरिरहेका थिए ।

कुकुर भुकेको सुन्ना साथ जंगली भा#लु लखेट्नका लागि यी किशोरी अघि सरेकी छिन् । ‘म उनीहरु किन भुकिरहेका छन् भन्ने हेर्नका लागि आएको थिएँ र त्यहाँ एउटा जंगली भा#लुले मेरो कुकुर भ्यालेन्टिनालाई समात्न थालेको थियो ।

त्यो बच्चा कुकुर हो, त्यसकारण म उसलाई जोगाउन अघि सरें,’ हेलीले भनिन्, ‘र मैले भा,लुलाई पर्खालबाट धकेल्नु पर्छ भन्ने ठाने ।’ हेलीले धकेलेपछि भा-लु पर्खालबाट लडेको भिडियोमा देखिन्छ । त्यसपछि कुकुरलाई च्यापेर हेली भागिन्, आत्तिएको भा#लु पनि फर्किएर आएन ।

हेलीकी आमा सिटलाली मोरिनिसोले फेसबुकमा भिडियो पोस्ट गर्दै ‘यसलाई आफ्नो जीवनकै डरलाग्दो क्षण’ भनिन् । क्यालिफोर्नियाको सान ग्राबियल उपत्यकास्थित ब्राडबरीमा यो परिवार गत फेब्रुअरीदेखि बस्दै आएको छ ।

भा-लु वा अन्य जंगली जनावर यसअघि पनि आफुहरुले यस क्षेत्रमा देख्दै आएको उनीहरुले बताएका छन् । आमा सिटाली मोरिनिसोका अनुसार छरछिमेकमा सातामा दुई वा तीनपटक भा#लु देखिने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय