मंगलबार , बैसाख ४, २०८१

काठमाडौं ।

राति एक्लै सुत्नेहरुले हेर्नैपर्ने भिडियो भनेर एक जना चर्चित हस्तिले सेयर गरेपछि नहेर्ने को होला ? भारतीय टिभी सिरियल एवं चलचित्र निर्माता एकता कपूरले हालै यस्तै पोष्ट गरिन् । उनले एउटा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले भाइरल भइरहेको छ ।

अलौकिक सिरियलबाट मानिसहरूलाई धेरै पटक डराउन बाध्य बनाएकी एकता कपूर आफै हराएकी छिन् । वास्तवमा, एकताद्वारा पोष्ट गरिएको यो भिडियो एकदम डरलाग्दो छ । एकता आफै पनि यस भिडियो सेयर गर्दा डराइरहेको भावसहित देखा परिन् ।

वास्तवमा, यस भिडियोमा एक अनौंठो प्राणी देखिएको छ, जुन सडकको बिचमा हिडरहेको छ । यो भिडियो झारखन्डको हजारीबागको हो ।

एकताले यस डरलाग्दो भिडियोको साथ क्याप्शनमा लेखेकी छिन्, ‘यो एक्लै सुत्नेहरुका लागि एकदम डरलाग्दो छ ।’ यो भिडियोमा एकजना अग्लो मान्छे कपडा नलगाई घुमिरहेको छ ।

त्यहाँ अरु मानिसहरु पनि देखिएका छन् । सामान्य भन्दा अलिक फरक मानिस देखिएका कारण धेरै जना डराएका हुन् । एकता कपूर सामाजिक सञ्जालमा एकदम सक्रिय छिन् । जानकारी अनुसार त्यो भिडियो एक प्रयाङ्क हो । केही मानिसहरुले रमाइलोका लागि बनाएका हुन् ।

यो भिडियो कहिलको हो भन्ने खुलेको छैन । तर भिडियो भने संसारभरी नै सेयर भइरहेको छ । यति चर्चित सेलिब्रेटीले समेत सेयर गर्न थालेपछि सामान्य मानिसले किन सेयर नगर्ने कुरै भएन । अधिकांशको सेयरले अहिले यो अत्याधिक सेयर भएको भिडियोमा पुगेको छ ।

0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय