बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

पाकिस्तानको बलुचिस्तान स्थित ग्वादरमा माछा मारेर जीवीकोपार्जन गर्ने एक साधारण माझीको भाग्य बदलिएको छ एउटै माछाको कारण । उनी रातारात लखपति हुन सफल भए । उनले माछा मार्ने क्रममा ४८ केजीको एक दुर्लभ माछा फेला पारे जसले उनलाई रातारात लखपति बनाईदियो । सो अनौठो माछालाई ती माझीले ७३ लाख पाकिस्तानी रुपैयामा विक्री गरेका छन् ।

डुंगाका मालिक अबाबकरले यो माछाको पाकिस्तानी मुल्य ८४ लाख भन्दा बढीमा लिलामी भएको तर छुट दिने परम्पराका कराण ७२ लाख मात्र हात परेको बताए ।

बडी क्रोकर यो माछा युरोप र चीनमा उच्च मुल्यमा बिक्री हुने गर्दछ ।

मासुबाट भन्दा तेब्बर प्रोटिन पाइने यी ७ खानेकुरा

अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ ।मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ ।

जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । आखिर ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् हेरौंः

देशी बदाम : यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।

काजु : काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ । खवर प्लान्टवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय