शुक्रबार , चैत्र १६, २०८०

काठमाडौँ :

नेपाली चलचित्रमा कलाकार बीचको दुश्मनीको कुरा गर्दा नछुट्ने नाम हुन्, अभिनेताद्वय राजेश हमाल र धीरेन शाक्य । कुनै समय यो जोडी सँगै पर्दामा देखिँदा त्यो चलचित्रले पैसा कमाउँछ भन्ने कुरामा निर्माता ढुक्क हुन्थे। वास्तविकता पनि त्यस्तै थियो ।

तर यी दुई अभिनेताबीच बढेको असमझदारीले उनीहरूमा पानी बारबारकै अवस्था आइलाग्यो। एक अन्तर्वार्ताको विषयमा उनीहरूको विवादले एकापसमा अस्तित्व नै नस्वीकार्ने अवस्थासम्म आयो।

पछिल्लो पटक चलचित्र ‘शकुन्तला’ मा देखिएका अभिनेता हमाल चार वर्षदेखि अभिनयबाट टाढिएका छन् तर उनको यो अवस्था अब लामो समयसम्म रहने छैन् । किनकि उनले चलचित्र ‘सत्यम्’ साइन गरिसकेका छन् ।

केही समयअघि मात्र हमालले मिडियामाझ आफूहरूलाई विभिन्न चलचित्रको स्क्रिप्ट आइरहेको बताएका थिए। यिनै हमालले अब भने धीरेनले बनाउन लागेको नयाँ चलचित्रमा काम गर्ने जनाउ दिएका छन्।

धीरेन आफू, अभिनेता शिव श्रेष्ठ र राजेश हमाललाई लिएर चलचित्र बनाउने तयारीमा छन् । राजेशले हालसम्म आफूलाई धीरेनले कुरा नगरेको तर राम्रो स्क्रिप्ट र कथा मनप¥यो भने आफू तयार रहेको खुलाएका छन् ।

स्मरण रहोस् कि धिरेन र राजेशले ‘सिमाना’, ‘भीष्मप्रतिज्ञा’ जस्ता चलचित्रमा सहकार्य गरिसकेका छन्। यो खबर युवामञ्च राष्ट्रिय मासिक पत्रिकामा प्रकाशित छ। खवर मिडियावाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय